Logo

कर्णालीमा भारी हिमपात : हवाई उडान लगायत यातायत बन्द  

मुगु – कर्णाली प्रदेशका हिमाली जिल्ला मुगु , जुम्ला , डोल्पा , हुम्लामा भारी र बाक्लो हिमपात भएको छ । कर्णालीमा यो  तेस्रोपटक हिमपात  भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो । मुगुका प्राय सबै स्थानीय तह लगायत सदरमुकाम गमगढी बजारमा लगायतका क्षेत्रमा हिमपात भएको छ । यसका साथै जुम्लाका सबै स्थानीय तहका क्षेत्रमा पनि हिमपात भएको छ । हिजो बिहानैदेखि वर्षा  भएको र अपराह्नपछि हिउँ पर्न सुरु भएको हो । हिमपातका कारण यहाँका हवाई उडान लगायत यातायत सेवा पनि बन्द भएका छन् । वर्षा र हिमपातले चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।  चिसोले बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न आग्रह गरिएको छ ।  वर्षासँगै हिमपात भएपछि किसान भने खुसी भएका छन् । हिमपात र वर्षाले गहुँलगायत हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्