Logo

सर्वाेत्तम सिमेन्ट तथा स्टीलका ठेकेदारहरुको दुर्घटना बिमा

सौरभ ग्रुपअन्तर्गतको सर्वोत्तम समेन्ट तथा सर्वाेत्तम स्टीलले आप्mना ठेकेदारहरुलाई लक्षित गर्दै प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममार्पmत कम्पनीले ‘सर्वाेत्तमको न्यानो सौगात’ नामक योजनाको समेत सुरुवात गरेको छ । कम्पनीका भाइस–प्रेसिडेन्ट् सुवास पाण्डेका अनुसार यस योजनाअन्तर्गत अब ठेकेदारहरुले आप्mनो साइट रजिष्टर गराएबापत सर्वाेत्तम स्टीलको तर्पmबाट ट्रयाक–सुट उपहार तथा सर्वाेत्तम सिमेन्टको तर्पmबाट दुर्घटनाको ७ लाखको बिमाको सुविधा पाउनेछन् ।
हाल काठमाडौं, ललितपुर र भक्तपुरका एक हजार ठेकेदारका लागि बिमा सुविधा प्रदान गराउने लक्ष्य रहेको कम्पनीले जनाएको छ । यसका साथै, सोही कार्यक्रममा कम्पनीका प्रोजेक्ट हेड ई. अभिषेक झाले घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग र सिमेन्टको कम खपतमा मजबुद निर्माण गर्ने बारेमा जानकारी दिएका छन् ।
सर्वाेत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भिआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आइएसओ ९००१गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओपीसी र सौरभ ग्रिन पीपीसी ब्राण्डका सिमेन्ट बिक्री वितरण गरिरहेको छ । यसरी ओपीसी ४३ र ५३ ग्रेड का साथै पीपीसी सिमेन्टको पनि उत्पादन तथा बिक्री गर्ने यो एक मात्र सिमेन्ट कम्पनी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्