Logo

विभिन्न अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने

नेपालमा अनलाइनमार्फत अपोइन्टमेन्ट सेवा दिँदै आएको कोजेन्ट हेल्थले विभिन्न अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात गरेको छ ।
कोजेन्ट हेल्थले नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवासँगको सहकार्यमा एभरेष्ट हस्पिटल नयाँ बानेश्वर, इशान बाल तथा महिला अस्पताल बसुन्धरा, मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टर पोखरा तथा राप्ति लाइफ केयर हस्पिटल तुल्सिपुरमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात गरेको हो ।
यी सबै अस्पतालहरु ई–अपोइन्टमेन्ट प्लेटफर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवा लिन सकिने बताइएको छ । योसँगै अबदेखि यी अस्पतालहरुमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवाको मोबाइल एप्लिकेशनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ ।
अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरू चुस्त बनाउने र बिरामीको सन्तुष्टी बढाउने अपेक्षा गरिएको छ । बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत हुनेछ । अहिलेको कोभिड–१९ को महामारीका बेला यो सेवाले अझ धेरै सहजता ल्याउने बताइएको छ । कोजेन्ट हेल्थ र इसेवाले अस्पतालहरुमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ ।
कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचनाप्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर)मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्णरुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।
कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेबजस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्