नेपाल मेडिसिटीको रिसर्च इकाई विकास गरिने

नेपाल मेडिसिटी अस्पताल र एनआइसीआरएफ (नेपाल इन्टेन्सीभ केयर रिसर्च फाउण्डेसन) बीच समन्वयका लागि सम्झौता भएको छ ।
यस किसिमको विशिष्टकृत अनुसन्धान ईकाइ स्थापना गर्ने नेपालकै पहिलो निजी अस्पताल नेपाल मेडिसिटीले यस सम्झौताबाट सघन उपचारको कुनैपनि समस्या बुझ्न, त्यसबाट ज्ञान हासिल गर्न तथा जटिल प्रश्नहरुको उत्तर खोज्न सहयोग प्राप्त गर्ने आशा राखेको छ ।
नेपालको सघन उपचारको विकासमा अनुसन्धान मुख्य आधार रहेको विषयलाई दर्शाउने उद्देश्यले काम गर्दै आएका एनआइसीआरएफले देशकै ठूलो संरचना र क्षमतासहितको सघन उपचार विभाग रहेको भनिएको नेपाल मेडिसिटीसँगको सहकार्य गर्न लागेको हो । उपचार सिलसिलाका अनुभवका आधारमा खोजिएका जानकारीको प्रशोधन गर्दै उपयोगी तथ्यांकबाट प्राप्त निष्कर्षलाई चिकित्सा सेवामा प्रयोग गर्न सकिने बताइएको छ । जसका लागि एनआइसीआरएफले नेपाल मेडिसिटीका कर्मचारीसँग समन्वय गर्नेछ ।
नेपाल मेडिसिटीले आफ्नो उपचार प्रक्रियामा उत्कृष्ट प्रविधि, पूर्वाधार र जनशक्ति मात्र नभई खोज तथा अनुसन्धानमूलक ज्ञानको पनि उत्कृष्ट प्रयोग गर्दै आएको अस्पतालका चीफ अफ क्लिनिकल सर्भिसेज एण्ड एजुकेशन प्रा.डा.निलमणी उपाध्यायले बताए । यस सम्झौताले क्रिटिकल केयरको सुक्ष्म अध्ययन गर्न र सेवालाई थप गुणस्तरीय बनाउन सहयोग पु¥याउने बताइएको छ ।