मुक्तिनाथ विकास बैंकका ग्राहकलाई होटेल ड्यानडलियनमा छुट

मुक्तिनाथ विकास बैंक र पोखराको होटेल ड्यानडलियनबीच ग्राहकलाई छुट दिनेबारे सम्झौता भएको छ ।
बैंकको भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकलाई थप सेवा दिन सो सम्झौता गरेको जनाएको छ । सम्झौताअनुसार बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकले होटेल ड्यानडलियनका सेवामा १० प्रतिशत छुट पाउने छन् ।
डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मालगायतका सुविधान पनि कायमै रहेको बैंकले जनाएको छ ।