Logo

ज्योति विकास बैंकको ट्राफिक प्रहरीलाई सहयोग

ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई सवारी दुर्घटना न्युनिकरण तथा जनचेतनाको लागि ज्याति विकास बैंकले सहयोग गरेको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेको हो ।
कार्यक्रममा ज्योति विकास बैंकको तर्फबाट बैंकका कोटेश्वर शाखाका शाखा प्रबन्धक किशन खड्काले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर रामकृष्ण देवकोटालाई विभिन्न ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेका थिए । नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाको पहिचान गरी त्यस्ता सम्भावना उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ ।
बैंकले हाल १०८ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा दिँदए आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्