Logo

सरकारी कार्यालयमा सिडियोको अनुगमन, सरकारी पोसाकको दुरुपयोग

मुगु – जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारीले मंगलबार जिल्लामा रहेका केही सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा सरकारी कार्यालयमा रहेका मर्कचारीहरूले सरकारी पोसाकको दुरपयोग गरेको भेटाएका छन् ।
बिहान ११ बजेतिर एक्कासि जिल्ला अस्पताल तथा पशु सेवा बिकास कार्यालय, जिल्ला अस्पताल ठिनी, जिला आयर्बेद कार्यालयमा प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत पुग्दा कार्यालयका प्रमुख देखी अन्य सहायक कर्मचारीहरूले सरकार बाट उपलब्ध गराएका पोसाक नलगाएर अन्य पोसाकमा कार्यालयमा भेटिएका छन् । सरकारले निजामति र्मकचारीको पहिचाहन र सेवामा थप बल पुग्र्ने हिसावले तलबभत्ता बाहेक थप एक जना कर्मचारीलाई वार्षिक १५ हजारका दरले पोसाक खर्च दिँदै आए पनि अनुगमन गरेका कार्यालयमा सरकारी पोसाक नलगाएका कर्मचारी भेटिएका छ ।
किन सरकारी पोसाक नलगाएर कर्मचारीहरू कार्यालयमा आएका हुन भनेर सोध्दा जिल्ला अस्पतालमा स्थाई कर्मचारीभन्दा पनी समितिमार्फत रहेका र अन्य अस्थायी कर्मचारीहरूको संख्या बढी भएका हुँदा अस्थायी कमचारीहरूको पोषाक नभएको हुँदा पोषाक नलगाएक हुन्, प्रशानतर्फका कर्मचरीले पोसाक लगाउने गरेका छन् तर मौसम परिवर्तनका कारण चिसो हुने भएको हुँदा कर्मचारीहरूले पोसाक नलगाएका हुन भन्दै फेतलो जवाफ जिल्ला अस्पताल मुगुका कार्यालय प्रमुख उमेश गौतमले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालयको जिम्मा भर्नेको जिल्लामा रहेका कार्यालयबाट प्रवाह हुने सेवा प्रवाह कसरी सञ्चालन भएका छन्, सेवा ग्राहीले कुन गरीकाले सेवा पाएका छन् । कर्मचारी नियमित सेवामा छनकी छैनन् । सरकारी पोसाक प्रयोग भएको छकी छैन लगाएत अन्य सबै कुराको विषयमा जिल्लामा रहेको जिल्ला अस्पताल कार्यालय, आयुर्बेद कार्याललय, जिल्ला अस्पताल तथा पशु विकास कार्यालयमा अनुगमन गर्दा सरकारी पोषाक नलगाएका कर्मचारी भेटिए ।
केही कर्मचारी कार्यालयमा उपस्थिति नभएको केही कर्मचारी जिल्ला बाहिर बिभिन्न तालिम गोष्ठी र बिदामा गएको भेटिएपछि तिनै कार्यालयका कर्मचारी हाजिर चेक गर्नको लागि जिल्ला प्रशासन कार्यालयमा ल्याएका छै लेखीत रुपमा कार्यलयका किन सरकारी पोसाक नलगाएको हो ? के कारण कार्यालयमा कर्मचारी उपस्थित नभएका हुन् । विषयमा पत्र कार्यालयमा पठाउर्ने छै चित्त बुझ्दो जवाफ नआए पछि कानुनबमोजिम कारबाही अगाडि बढाउर्ने जिल्ला अस्पतालमा जडान हुदै गरेको अक्सिजन पलान्टको समेत अनुगमन गरीएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्