Logo

औद्योगिक ग्राम निर्माण गर्न मन्त्रालयसँग सम्झौता

धनकुटाको महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम निर्माण गर्नका लागि महालक्ष्मी नगरपालिका र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सम्झौता भएको छ ।
महालक्ष्मी नगरपालिका–१ कटहरेमा औद्योगिक ग्राम निर्माण गर्न लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नगरपालिकाबीच सम्झौता भएको भएको नगरपालिकाका प्रमुख पर्शुराम नेपालले जानकारी दिए । सम्झौता पत्रमा उद्योग मन्त्रालयका तर्फबाट सह–सचिव चन्द्रकला पौडेल तथा महालक्ष्मी नगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर आले मगरले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार औद्योगिक ग्राम निर्माण गर्न उद्योग मन्त्रालयले नगरपालिकालाई ९२ लाख उपलब्ध गराउने भएको छ ।
मन्त्रालयबाट प्राप्त भएको बजेट जग्गा विकास सम्बन्धि काम, औद्योगिक ग्रामका लागि आवश्यक पहुँच मार्ग निर्माण, प्रशासनिक भवन निर्माणलगायतमा खर्च गरिने जनाइएको छ । सम्झौता भएको १५ दिनभित्र नगरपालिकाले विस्तृत सम्भाव्यता अध्ययन थाल्ने र तीन महिनाभित्र डीपीआरको स्वीकृत प्रतिवेदन मन्त्रालयमा बुझाउनु पर्ने नगरपालिकाले जनाएको छ ।
औद्योगिक ग्राम निर्माणका क्रममा पूर्वाधार विकास र संरचना निर्माणमा भएको प्रगतिको प्राविधिक प्रतिवेदनका आधारमा मन्त्रालयले थप बजेट उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्