भैंसीखोरमा अस्थायी प्रहरीचौकी स्थापनाको तयारी

दैलेख – तीन वर्ष अघिदेखि प्रहरी बिट रहेको नारायण नगरपालिका–४ भैसीखोरमा अस्थायी प्रहरी चौकी स्थापनाको तयारी थालिएको छ । वढ्दो वजारीकरणसँगै नारायण नगरपालिका– ४, ५ र १० हेर्दे आएको उक्त विटलाई त्यहाँका नागरिकको आवश्यकता अनुसार अस्थायी प्रहरी चौकी स्थापनाको तयारी थालिएको हो ।
बिहीबार दैलेख प्रहरी प्रमुख डिएसपी भुवनेश्वरप्रसाद साहले त्याहाँका नागरिकसंग तथा सरोकारवालासंग भेटघाट गरी अस्थायी प्रहरी चौकी स्थापनका बारेमा छलफल गरिएको बताए । प्रहरी वस्नका लागि भवनको खोजी भएको र उपयुक्त भवन भेटिएमा तत्काल काम अगाडि वढाइने प्रहरी प्रमुख डिएसपी साहले वताए । ‘हामिले यहाँका नागरिकलाई सहज सेवा प्रवाहका लागि यहाको आवश्यकतालाई मध्यनजर गर्दै काम अगाडि बढाउँछौ’ प्रहरी प्रमुख डीएसपी साहले भने, ‘सबै सरोकारवाला निकाय तथा आम नागरिकले साथ दिए प्रहरी बिटलाई स्तरवृद्धि गरी तत्काल अस्थायी प्रहरी चौकी स्थापनाको काम गर्छौ ।’
प्रहरी प्रमुख डिएसपी साहले त्यस ठाउँमा आगामि दिनमा प्रहरी चौकी स्थापनाका लागि आवश्यकता अनुसार उपयुक्त जग्गासमेत भए नभएको वारेमा अध्ययान भएको वताए । प्रहरी प्रमुख डिएसपी साहका अनुसार त्यहाँका नागरिकसंग समन्वय गरेर चौकी स्थापनाका लागि आवश्यक छलफल भएको छ ।
२०५४ सालदेखि प्रहरी चौकी स्थापनाको लागि पहल गरिएको भएपनि २०७५ पुस ८ गते प्रहरी बिटको स्थापना भएको नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा नेता टेकबहादुर कटुवालले वताए । ‘हामिले प्रहरी चौकी स्थापनाको लागि धेरै पहल ग¥यौं जनशक्ति अभाव भन्दै प्रहरी चौकी स्थापना भएको थिएन’ महाधिवेशन प्रतिनिधि कटुवालले भने, ‘तर तीन वर्ष अघि प्रहरी बिट त स्थापना भयो यस ठाउँको आवश्यकताअनुसार अस्थायी प्रहरी चौकी स्थापना भए राम्रो हुनेथियो ।’ नेता कटुवालले सबै सरोकारवाला निकायसंग समन्वय गरेर प्रहरी चोकी स्थापनाको तयारी थालिएको बताए ।