मोटरहेडको एक्सचेन्ज मेला

मोटरहेड ब्राण्डको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड टे«डले पाँचदिने साटफेर मेला (एक्सचेन्ज क्याम्प) सञ्चालन गरेको छ ।
कम्पनीले बुधबारदेखि लागू हुने गरी ५ दिने एक्सचेन्ज सञ्चालन गरेको हो । काठमाडौं उपत्यकाभित्रका सबै शोरुमहरुमा लागू हुने गरी उक्त कार्यक्रममा कम्पनीले यस पटक पुरानो बाइकको बजार मूल्यांकनमा थप २० हजार रुपैयाँ दिने भएको छ ।
यसअघि कम्पनीले थप मूल्यांकनमा १५ हजार रुपैयाँ दिने गरेको थियो । यसका साथै उक्त पाँच दिने कार्यक्रम साटफेर नगरी नगदमै मोटरहेडका बाइक खरिद गर्दा १० हजार रुपैयाँ छुट र फाइनान्स खरिदमा ८ हजार रुपैयाँ छुटको व्यवस्था गरेको छ ।
उपत्यकाभित्र कम्पनीको ५ ठाउँमा शोरुम रहेको छ । धोबीघाट, सल्लाघारी, टेकु, चाबहिल र बालाजुमा रहेको शोरुमहरुबाट आफूले पायक पर्ने गरी यो अफरको फाइदा लिन सकिन्छ । बजारमा राम्रो प्रवेश गर्न सफल यस ब्राण्डका हाल ७ मोडल रहेका छन्, जसमा अफ रोड राइडका लागि स्पोर्ट्स२५०, एक्स–टर्क२५०, एमएच२००एक्स र रोड÷अफरोड दुवैलाई हुने गरी टेक्कन२५०, टेक्कन२५०आर (नयाँ संस्करण), एमएच१५०आर र स्क्रेम्बलर रहेका छन् ।
मोटरहेडका बाइकहरुको मूल्य ३ लाख ५ हजारदेखि ४ लाख ५५ हजार रुपैयाँसम्मका छन् । कम्पनीले बिक्रीलाई सहज बनाउन र ग्राहकलाई सजिलो महशुस गराउन विभिन्न रिकण्डिसन र फाइनान्सहरुसँग सहकार्य गरी अघि बढेको जानकारी कम्पनीले दिएको छ ।