Logo

एमसीसीका कारण गठबन्धन टुट्ने अवस्थामा : गजुरेल

नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको बताएका छन् ।
नेता गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन अहिले टुट्ने कि भरे टुट्ने भन्ने अवस्थामा पुगेको बताएका हुन् । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अंग असफल भइसकेको दावी समेत गरे । नेता गजुरेलले मुलुकको अर्थतन्त्र समेत ‘कोल्याप्स’ हुने अवस्था पुगेको उल्लेख गर्दै यो संकटबाट मुलुकलाई निकास दिन कम्युनिष्ट क्रान्तिकारीहरु सहकार्यका साथ अघि बढनुको विकल्प नरहेको बताए । नेता गजुरेलले दक्षिणपन्थी अवसरवादमा पतन भएकाले प्रचण्ड र विप्लवहरुसँग आफ्नो पार्टीले एकता गर्ने कुनै सम्भावना नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्