Logo

गाउँसभाबाट बजेट विनियोजन

म्याग्दी– अन्नपूर्ण गाउँपालिकाको १४औं गाउँसभाट थप दुई करोड ६५ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँसभाबाट हरेक वडालाई १२ लाख दरले ९६ लाख बजेट विनियोजन गरिएको हो ।
वडाबाट माग भई आएका नयाँ योजना बजेट अपुग भएका क्रमागत योजनाका लागि उक्त बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, गाउँसभाबाट झोलुङ्गे पुललाई २० लाख १२ हजार र अन्य बजेट शिक्षा, स्वास्थ्यलगायताको क्षेत्रमा विनियोजन गरिएको अलिया बजेट विनियोजन गरिएको छ ।
गाउँसभामा उपाध्यक्ष केशमाया मगरले चालू आर्थिक वर्ष २०७८-०७९ को प्रगति विवरण प्रस्तुत गरेकी थिइन् । गाउँपालिकाको चालूतर्फ ३२ करोड ३० लाख ६० हजार बजेटमध्ये १० करोड ननौ लाख ६४ हजार १ सय ३३ रुपैयाँ खर्च भएको र पुँजीगतर्फ १० करोड ९९ लाख ४० हजार रुपैयाँ बजेटमध्ये ६१ लख ३६ हजार ५४२ खर्च भएको छ । समग्रमा चालूतर्फ ३१.२५ प्रतिशत खर्च हुदाँ पुँजीगततर्फ जम्मा ५.५८ प्रतिशत खर्च भएको देखिन्छ ।
गाउँपालिकाको अनुमानित राजस्व ९० लाख ४० हजार रुपैयाँमध्ये हालसम्म १५ लाख रुपैया राजस्व संकलन भएको छ । चालू आवमा तीन लाख देखि २० लाखसम्म बजेट भएको ६१ योजनामा हालसम्म ३३ वटा सम्झौता भएको गाउँपालिकाले जनाएको छ । तीन लाखसम्मका ६९ वटा योजना वडाबाट सम्झौता भएको छ । गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष डमबहादुर गर्वुजाले योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन कर्मचारी र वडाका जनप्रतिनिधि सक्रिय हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्