रिलायन्स इन्स्योरेन्सको सीईओमा पोखरेल

रिलायन्स इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा राकेश पोखरेल नियक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितको बैठकले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेसँगै उनले कार्यभार पनि सम्हालेका छन् । बिमा क्षेत्रबाट करियर सुरु गरेका पोखरेलले विभिन्न बिमा कम्पनीमा व्यवस्थापन र कार्यकारी पदमा रहेक काम गरिसकेका छन् । पछिल्लो समय उनी लेखापरीक्षण पेशामा आवद्ध थिए ।