प्रभु क्यापिटलको विन्टर अफर सञ्चालन

प्रभु क्यापिटलले गत वर्ष सञ्चालन गरेको विन्टर अफरमा ग्राहकको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्ष पनि विन्टर अफर ल्याएको छ ।
हाल देशभरी व्याप्त कोभिड महामारीको अवस्थाबाट सुरक्षित रहँदै यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइन माध्यमबाट प्रभु क्यापिटलको मोबाइल एप तथा वेबसाइटबाट र भौतिक रुपमा प्रभु बैंकको देशभरी रहेका कुनै पनि शाखा वा प्रभु क्यापिटलको कार्यालय कमलादीमा आई डिम्याट खाता खोल्न चाहने ग्राहकको लागि यही माघ १८ देखि चैत १७ गतेभित्र डिम्याट खाता खोल्दा २ वर्षको लागि निःशुल्क डिम्याट र मेरा सेयर सुविधासहितको विन्टर अफर योजना ल्याएको छ ।
यस योजनाअन्तरगत डिम्याट खाता खोल्न चाहने ग्राहकलाई क्यापिटलले २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर अनलाइन सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
करिब ६ महिनापछि प्राथमिक सेयर निष्काशनको तयारीमा रहेको र आईपीओ तथा दोश्रो बजारमा लगानी गर्ने इच्छा भएका धेरै नेपालीको अझै पनि डिम्याट खाता नभएको हुँदा नेपालभित्र वा बाहिर रहेका ग्राहकले अनलाइनबाटै निःशुल्क खाता खोली समय तथा रकमको बचत गरी लाभ लिन सक्ने कम्पनीले जाएको छ ।