घलेम्दी हाइड्रोको नाफामा वृद्धि

घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार कम्पनीको नाफामा वृद्धि देखिएको छ । समीक्षा अवधिसम्म आइपुग्दा कम्पनीले २० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको मुनाफा ९६ लाख ७२ हजार रुपैयाँ ऋणात्मक थियो ।
कम्पनीले इन्स्योरेन्सबापत एक करोड ५० लाख रुपैयाँ प्राप्त गरेपछि कम्पनी मुनाफामा देखिएको हो ।
यसैगरी, दोस्रो त्रैमासमा कम्पनीले बिजुली बेचेर एक करोड ६४ लाख ८४ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले बिजुली बेचेर एक करोड ८८ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
त्यस्तै, कम्पनीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ र जगेडा कोषमा १५ करोड ४४ हजार रूपैयाँ रहेको छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ३७ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १०० रुपैयाँ २८ पैसा पुगेको छ ।