मुगुमा ६४ सय मतदाता थपिए

मुगु- हिमाली जिल्ला मुगुमा चार वर्षपछि ६ हजार चार सयभन्दा बढी मतदाता थपिएका छन् । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदा मुगु जिल्ला निर्वाचन कार्यालयमा क र ख प्रदेशमा गरी ३० हजार १५ जना मतदाता थिए । पछिल्लो चार वर्षमा नयाँ मतदातासहित पुरुष १८ हजार ९ सय ५४ र महिला १७ हजार ४ सय ७५ जना गरी २०७८ पुस ३० गतेसम्म जम्मा ३६ हजार ४ सय २९ जना रहेको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।