निर्वाचनमा पराजय हुनुका कारण खोज्दै कांग्रेस जिल्ला सभापतिहरु «

निर्वाचनमा पराजय हुनुका कारण खोज्दै कांग्रेस जिल्ला सभापतिहरु

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको खोटाङको हलेसीमा सम्पन्न भएको भेलाले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पराजय हुनुका कारण आन्तरिक व्यवस्थापनको कमी र नेतृत्वले पार्टीलाई चलायमान बनाउँन नसकेको निष्कर्ष निकालेका छन् । 
निर्वाचनमा पराजय हुनुका कारण खोज्न देशभरीका कांग्रेस जिल्ला सभापतिहरुको भेला त्रिधार्मिक तथा पर्यटकिय क्षेत्र हलेसीमा सम्पन्न भएको हो । १८ जिल्लाका सभापतिहरुको भेलाले कांग्रेस पराजय हुनु आन्तरिक व्यवस्थापनको कमी र नेतृत्वले पार्टीलाई चलायमान बनाउँन नसकेको कारण पराजय हुनु परेको निष्कर्ष निकालेका छन् ।
नयाँ अवधारणा र जनमुखी कार्य गर्न नसक्नु र बाम गठबन्धनका झुटा नाराहरुलाई चिर्न नसकेका कारण कांग्रेस पराजय हुनु परेको निष्कर्ष निकालिएको खोटाङका कांग्रेस जिल्ला सभापति नरेशकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “हलेसी मन्दिरको साथमा विभिन्न निर्णयहरु गरिएका छन्, र यी निर्णयहरुले तत्काल सार्थकता पाउँनेछन्, कांग्रेसले नराम्ररी पराजय भोग्नु परेको भन्दै अवका दिनमा कांग्रेस जनतासंग जाने पनि निष्कर्ष निकालिएको छ ।”
भेलाले पार्टी सभापतिहरुको कामको अधिकार सुनिश्चित गर्नका लागि नेतृत्वसंग माग गर्ने पनि निर्णय गरेको छ । सभापति भएपनि काम गर्ने अधिकार पूर्णरुपमा नपाएको र नेतृत्वबाट निर्देशन पनि नभएका कारण अवका दिनमा सभापतिहरुको कार्यको सुनिश्चिता हुनुपर्ने मागसहितको निर्णय भएको जनाईएको छ ।
यस्तै, भेलाबाट प्रदेश र संघको बिद्यान संसोधन गर्दा महासमिति सदस्यहरु सवैलाई बोलाउँनु पर्नेमा जोड गरिएको छ । पार्टी सभापतिहरुको राष्ट्रिय भेला नुवाकोट जिल्लामा गर्ने पनि निर्णय भएको छ । आउँदो फागुन ७ गते प्रजातन्त्र दिवशको दिनदेखि नेता तथा कार्यक्रता प्रशिक्षण र घरदैलो कार्यक्रमको आयोजना गरिने भएको खोटाङ कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशिले बताए । उनले भने, “ बर्तमान राजनीतिक परिस्थितको समिक्षा गर्दै कांग्रेसको भविष्यको समेत खोजी गरिएको छ ।”
यस्तै, सरकारले गरेको मृगौला रोगी, मेरुद्धण्ड र दिर्घ रोगीहरुलाई दिईने भनेको पाँच हजार बराबरको रकम तत्काल लागु हुनुपर्नेमा समेत माग गरिएको छ । संघिय संरचना अनुसारको विद्यान र पार्टीलाई स्ुद्धिकरण र सुद्धृढिकरण गर्ने, पाँच वर्षभीत्रमा कांग्रेसलाई पहिलो पार्टी बनाउँनका लागि पहिलो जीम्मेवारी सभापतिहरुको हुने भएकोले त्यसमा लाग्ने प्रतिवद्धता भएको छ । जिल्ला सभापतिहरुको प्रतिवद्धता हलेसी पर्यटनका लागि हाम्रो एक्यवद्धता भन्ने नाराका साथमा हलेसीमा खोटाङ कांग्रेसले भेलाको आयोजना गरेको थियो । नेपाली कांग्रेस खोटाङको आठौं जिल्ला कार्य समितिको पनि बैठक बसेको कांग्रेसले जनाएको छ ।
हलेसीलाई पर्यटन प्रवर्धन गर्ने निर्णय
पूर्वको पशुपतिनाथ भनेर चिनीने त्रिधार्मिक स्थल तथा पर्यटिकय क्षेत्र हलेसीको लाई पर्यटन प्रवर्धनका गरिने निर्णय भएको छ । सभापतिहरुको भेलालले हलेसी एतिहाँसिक महत्व बोकेको ठाँउ रहेकोले तीव्र विकाससंगै प्रचार प्रसारमा समेत पहल गर्ने सभापतिहरुले प्रतिबद्धता गरेका छन् । नुवाकोट सभापति जगदिश्वनरसिं केसीले हलेसीको पर्यटन विकासका लागि सरकार र पार्टी नेतृत्वसंग पहल गर्नेमा आफु प्रतिबद्ध बनेको बताएका छन् ।
काभ्रेको सभापति मधु आचार्यका अनुसार,“ हलेसीमा विभिन्न जिल्लाका सभापतिले अवलोकन गरेको र मान्यता राख्ने एतिहाँसिक तथ्यहरुको जानकारी पाउँने अवशर प्राप्त भएका कारण हलेसीको विकासका लागि अत्यन्तै सुन्दर प्रभाव लिएर फर्केका छौं ।” उनले भने, “भेलाबाट दीर्घकालिन बृहत्तर विकासका लागि सरकारले कार्यक्रम संचालन गर्नुपर्ने माग गरिएको छ ।”
भेलामा सहभागी हुनका लागि ७७ जिल्लाका सभापतिहरुलाई वोलाइएको भएपनि १८ जिल्लाका जिल्ला सभापतिहरुको उपस्थिति रहेको कांग्रेस खोटाङले जनाएको छ । भेलामा डोल्पा, रामेछाप, काभ्रेपलान्चोक, उदयपुर, धादिङ, काठमाण्डौं, सल्यान, कालिकोट, संखुवासभा, सिन्दुपाल्चोक, सिन्धुली, प्युठान, गुल्मी पाँचथर, चितवन, सोलुखुम्बु र नुवाकोटका सभापतिहरुको उपस्थिति रहेको जनाईएको छ ।

उत्तम चौलागाँई

प्रतिक्रिया दिनुहोस्