प्रदेश–१ मा आर्थिक सम्मेलन हुँदै
उद्योग संगठन मोरङले प्रदेश स्तरिय आर्थिक सम्मेलनको आयोजना गर्ने

उद्योग संगठन मोरङले बाह्रखरी मिडियासगको सहकार्यमा प्रदेश स्तरिय आर्थिक सम्मेलनको आयोजना गर्ने भएको छ ।
बाह्रखरी मिडियाले हरेक वर्ष आयोजना गर्ने कर्पोरेट गल्फ अन्तरगत सरकार र निजी क्षेत्रको सहभागितामा आयोजना गर्ने आर्थिक बहस फागुन १३ र १४ प्रदेश–१ स्तरिय आर्थिक सम्मेलन आयोजना गर्न उद्योग संगठन मोरङले सहकार्य गर्ने भएको छ ।
प्रदेशको राजनीतिक संरचना स्थापित भएपश्चात प्रदेश–१ सरकारले समग्र प्रदेश–१ को आर्थिक एवं सामाजिक विकासका लागि दिर्घकालिन सोच ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ र ‘सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माण गर्ने’ समष्टिगत लक्ष्य निर्धारण गरेको सन्दर्भमा यस सम्मेलन आयोजना गर्न लागिएको हो ।
सो सम्मेलनले प्रदेश सरकारको दिर्घकालिन सोचको र लक्ष्य प्राप्तिमा सघाउ पुग्ने आयोजकले जनाएको छ । सम्मेलनमा प्रदेश–१ को आर्थिक एवं औद्योगिक विकासका सम्भावनाहरु, औद्योगिक क्षेत्रको विकासका भएक प्रयास लगायतका विषयमा छलफल हुने बताइएको छ ।