Logo

मुक्तिनाथ विकास बैंक र अनलाइन सपिङ बजेट पसलबिच सम्झौता

मुक्तिनाथ विकास बैंकले काठमाडौं उपत्यकामा सञ्चालित अनलाइन सपिङ बजेट पसल डट कमसँग सम्झौतामा हस्ताक्षर गरेको छ ।
बजेट पसल डट कमद्वारा केही किल्कबाट नै सजिलै विभिन्न सामग्रीहरु जस्तै खाद्य वस्तुहरु, मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय सामग्री, घरेलु सरसफाई, सुन्दरताका सामग्री तथा अन्य सामान सजिलै अनलाइन खरिद गर्न सकिने छ ।
होम डेलिभरीको व्यवस्था रहेको हुँदा यो सेवा आफू व्यस्त रहेको समय र कोरोनाको समयमा पनि निकै उपयुक्त रहने बैंकले जनाएको छ । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले बजेट पसलबाट ३ हजारभन्दा बढीको सामान अनलाइन खरिद र भुक्तानी गर्दा ५ प्रतिशतसम्म छुटको फाइदा लिन सक्ने बताइएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङलगायतका सेवाहरु बैंकको शाखामा भौतिकरुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्