Logo

जिप -याङलरको लाइनअपमा थपियो जिप ग्लेडियटर

नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिप -यांग्लरको लाइन अपमा नयाँ जिप ग्लेडियटर थपेको छ ।
जिप ग्लेडियटर जिपको आइकनिक -यांग्लरमा आधारित छ र ‘गो एनिह्वेयर, डु एनिथिङ’ क्यापाबिलिटी, ‘एड्भान्स्ड टेक्नोलोजिकल फिचर’, जिपको परिचित डिजाइन र ‘ओपन–एअर फ्रिडम’ रहेको छ । एमएडब्लु लाइफले यसअघि आफ्नो ‘सीबीयु लाइनअप’ मा ‘टु डोर’ र ‘फो डोर’ रुबिकन र ‘फो डोर’ सहारा -यांग्लर उपलब्ध गराउँदै आएको थियो ।
एमएडब्लु लाइफले नेपालमा ग्लेडियटरको ओभरल्यान्ड ट्रिम ल्याएको हो । जसमा ३ं६ लिटरको पेन्टास्टार भी ६ पेट्रोल इन्जिन छ जसले २०६ किलोवाट पावर र ३२७ एनएम टर्क उत्पन्न गर्छ । यसको ‘अफरोड क्यापाबिलिटी’ जिपको ‘सेलेक–ट्रयाक एक्टिभ अन–डिमान्ड ४ बाई ४ सिस्टम’ ले दिन्छ । यो सिस्टमले २.७२ः१ ‘लो रेन्जगियर रेसियो’ र ३.७३ ‘रियर एक्सल रेसियो’सहितको ‘डाना ४४ एक्सल गरी टु–स्पिड ट्रान्सफर केस अफर’ गर्छ ।
भी ६ इन्जिनलाई ‘लो–एन्डटर्क’ का लागि ‘अप्टिमाइज’ गरिएको छ जुन ‘अफरोडिङ’ का लागि आवश्यक छ । ग्लेडियटरको ‘टोविङ’ क्षमता २७२१ केजी रहेको छ ।
जिप ग्लेडियटरलाई ‘क्यापाबल कार्गो क्यारियर’ बाट ‘विकेन्ड फन’ र दैनिक प्रयोजनका लागि ‘फुल्ली कस्टमाइज्ड लाइफ स्टाइल भेहिकल’ मा सजिलैसँग परिणत गर्न सकिन्छ । जिप -यांगलर ‘फो डोर’ को तुलनामा यसको फ्रेम ७८७ एमएम लामो र ह्विल बेस ४९२ एमएम लामो छ ।
यसको ‘एप्रोच एंगल’ ४०.७ डिग्री, ‘ब्रेक एंगल’ १८ं४ डिग्री, ‘डिपार्चर एंगल’ २२५.१ डिग्री र ‘ग्राउन्ड क्लेरेन्स’ २८३ एमएम रहेको छ ।
जिप -यांगलरमा जस्तै यसको ‘हार्डटप’ पनि सजिलैसँग निकालेर ‘नेकेड’ बनाउन सकिन्छ । यसले सहर वा ‘ट्रेल’ दुवैमा ‘ओपन एअर फ्रिडम’ लाई प्रत्याभूत गर्ने कम्पनीको दावी छ ।
ग्लेडियटरमा लामो ह्विल बेसकको ‘अनरोड ड्राइभिङ डाइनामिक्स’ का लागि र नयाँ ‘लोड ट्रे’लाई सपोर्ट गर्न ‘कम्प्रेहेन्सिभ फाइभ–लिंक सस्पेन्सन’ सिस्टम राखिएको छ । ‘ट्रे’को ‘पेलोड’ क्षमता ६२० केजी छ र ‘अन्डर रेल बेड लाइटिङ’ र ‘इन्टिग्रेटेड टाई डाउन’ राखिएको छ । यसले साइकल, डर्ट बाइक, सर्फबोर्ड र एटीभी जस्ता ‘एड्भेन्चर इक्विपमेन्ट’ राख्न सहज बनाउँछ ।
सुरक्षाका लागि यसमा ७० भन्दा बढी ‘एक्टिभ’ र ‘पेसिभ सेफ्टी एन्ड सेक्युरिटी फिचर’ रहेका छन् । साथै, ग्रिडसहितको पार्कभ्यु रियर क्यामेरा, ‘फ्रन्ट एन्ड रियर पार्क असिस्ट’, ‘इलेक्ट्रोनिक रोल मिटिगेसन’ सहितको ‘इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल’ जस्ता सुरक्षा फिचर छन् । ग्लेडिएटर ‘ब्ल्याक’ र ‘फायरक्रेकर रेड’मा बजारमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्