बुद्ध एयरको होलिडेज भ्यालेन्टाइन अफर

कोभिडको तेस्रो लहरपछि सुस्ताएको पर्यटन क्षेत्रलाई गतिशिल बनाउन बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले विभिन्न आकर्षक होलिडे प्याकेजहरु ल्याएको छ ।
पहिलो चरणका लागि पोखरा र भरतपुरलाई छनौट गरिएको छ । विस्तारै देशका अन्य पर्यटकीय गन्तव्यहरुमा सजिलो र सहज होलिडे प्याकेजहरु ल्याइने बुद्ध एयर तथा होलिडेजका सिनियर एक्जुकेटिभ म्यानेजर पराशरजंग पाण्डेले बताए ।
बुद्ध होलिडेजले अहिलेसम्म ३८०० स्वदेशी तथा विदेशी नागरिकलाई पोखरालगायत विभिन्न गन्तव्यको होलिडे प्याकेजमार्फत सेवा पु¥याएको छ । युवा वर्गलाई लक्षित गरी ल्याइएको होलिडे प्याकेजमा दुईतर्फी हवाई टिकट, पोखरामा एयरपोर्ट पिकअप–ड्रप, ट्वीन सेयरिङ एसी रुम र बिहानको ब्रेकफास्ट समावेश गरिएको छ ।
यो अफर फेब्रअरी १५ सम्म हुनेगरी लागु गरिएको छ । संक्रमणरहित होलिडे प्याकेजका लागि यात्रुले पनि स्वास्थय मापदण्ड अपनाइ प्याकेजको आनन्द लिन आग्रह गरेको छ ।