Logo

बोक्सीसम्बन्धी कसुरमा २ जना पक्राउ

सर्लाहीको इलाका प्रहरी कार्यलय बहरथवाले बोक्सीको आरोपमा मुस्लिम एकल महिलालाई गाली, बेइज्जतीसहित कुटपिट गरेको अभियोगमा ५ जनाविरुद्व किटानी जाहेरी दर्ता गरेको छ ।
सर्लाहीको धनकौल गाउँपालिका–३ हरकठवा, पुराना बजार निवासी सतन साहको ४० वर्षीय छोरा मगनी साह र ३० वर्षीय होरिल साह, जगरनाथ साहको ४५ वर्षीय नुनु साह र नाति २५ वर्षीय जितकुमार साह, गंगाधार साहको २१ वर्षीय सुनिल साहविरुद्व जाहेरी दर्ता गरिएको छ ।
स्थानीय ६५ वर्षीय एकल मुस्लिम महिला वकिला नेहाले दिएको किटानी आधारमा जाहेरीको आधारमा २ जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बरहथाले जनाएको छ ।
घटना भएको १२ दिनपछि जाहेरी दर्ता भएपछि न्यायका लागि आश जागेको पीडित महिला वकिला खातुनले ले बताइन् ।
केही दिनअघि बोक्सीको आरोपमा कुटपिट गरी मलमुत्र खुवाइदिने धम्की दिएको व्यक्तिहरू स्थानीय स्तरमै मिलापत्र गर्न खुट्टा समात्न आउँदा देशमा कानुन र न्याय जीवितै रहेको महसुस गरेकोे बताइन् ।
‘मेरो मान, प्रतिष्ठा आत्मसम्मान र अस्मितामाथि चोट पुर्याउने काम गरिएको छ’, उनले भनिन् । हामीलाई न्याय चाहियो । बोक्सीको आरोपमा कुटपिट र बेइज्जतिपछि आत्मा दुखेको छ, मलगायत परिवाका सबै सदस्यलाई खाना रुच्न छाडेका कारण घरको चुल्होसमेत बन्द हुने स्थितिमा पुगेको थियो ।
गएको इज्जत फिर्ता नआउने भन्दै पीडित महिला बोल्दा बोल्दै रुन थालिन । परिवारमाथि अन्याय हुँदा गाउँका कोही अघि आएन तर हामी कानुनी प्रक्रियामा अघि बढेपछि घटनालाई स्थानीय स्तरमै मिलापत्रका लागि दबाब दिन घरमा भीड हुने गरेको गुनासो गरिन् ।
घटनालाई लिएर इलाका प्रहरी कार्यलय, बरहथवाले देखाएको सक्रियता र डीएसपीबाट पाएको साथ र सहयोगले सबै प्रहरी उहाँ जस्तै भईदिए कोही अन्यायमा नपर्ने थपिन् ।
जाहेरी दर्ता नहुँदा हाम्रो परिवार तनावमा थियो, दर्ता भएपछि राहतको सास फेर्न पाएको पीडित महिलाको छोरा महबुब अन्सारीले बताए । घटनाको मिलापत्र गर्न चौतर्फी दबाब आएको र पिडकले कारागारबाट छुटेर ज्यान मार्ने धम्की दिएरसमेत तर्साएको गुनासो गरे । हाम्रो परिवारमाथि भएको घटना अरू कुनै पनि परिवारमाथि नहोस् भने हामी कानुनी प्रक्रिया गएका छौं ।
‘प्रहरी प्रमुखबाट घटनाका बारेमा देखाएको सक्रियताले हाम्रो परिवार सुरक्षित महसुस गर्दै छन्,’ उनले भने ।
अल्पसंख्यक भएकाले पिडकको आतंकले आफनो त्रसित बनेको थियो । आफनो न्यायका लागि प्रहरी अगाडि आउँदा कानुनभन्दा कोही माथि नरहेको महसुस गर्न पाएका छौं । उनले भने, ‘हाम्रो जाहेरी दर्ता भएपछि आत्मबल बढेको छ । प्रहरी प्रशासन र न्याय जिवितै रहेको महसुस गर्न पाएको अन्सारीले बताए ।
आईतवार बिहान बरहथवाका डिएसपी उमाशंकर यादवसहितको प्रहरी टोलीले बोक्सी घटनाको सत्यथ्य बुझ्न घटनास्थलमा पुगी पीडित परिवार लगायत स्थानीयसँग कुराकानीसमेत गरे ।
बोक्सी आरोपमा महिलामाथि गरिएको अमानवीय व्यवहार जघन्य अपराध रहेको र घटनामा संलग्न जो कोहीलाई कानुन अनुसारको कारबाही गर्न प्रहरी प्रतिबद्ध रहेको आश्वासनसमेत डीएसपी यादवले दिए ।
पिडितले इलाका प्रहरी कार्यलय, बरहथवामा जाहेरी लिएर नआएको र निवेदन लिएर आए पनि यसबारे हामीलाई कुनै जानकारी नभएको कारणले जाहेरी दर्तामा ढिलो हुन गएको यादवले बताए ।
बोक्सीसम्बन्धी कसुरका मुख्य आरोपित मगनी साह र निजकै भाइ होरिल साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सर्लाही का प्रवक्ता माधव प्रसाद बुढाथोकी जानकार िदिए । उनीहरूमाथि जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस्