Logo

वेब सिरिज ’माई वाइफ इज एन एलियन’ को इन्डक्ल्याप

साइन्स फिक्सन वेब सिरिज ’माई वाइफ इज एन एलियन’ र सुपरहिरो सिनेमा ’सुपर धने’ निर्माण घोषणा गरिएको छ ।
वेब सिरिज ’माई वाइफ इज एन एलियन’को आजै इन्डक्ल्याप गरिएको हो । यो वेब सिरिजको ट्रेलरसमेत रिलिज गरिएको छ ।
नमस्ते टाकिज र सिनेमा हबको व्यानरमा निर्माण भएको वेब सिरिजको प्रस्तुतकर्ता प्रज्ञा जोशी हुन् । सुमित सिंहको निर्देशन रहेको वेब सिरिजको निर्माता दिनेश श्रेष्ठ छन् । वेब सिरिजको लेखक सुमित सिंह र राजन महर्जन हुन् । वेब सिरिजमा निर शाह, प्रज्ञा जोशी, बुद्धि तामाङ, गौरव पहारी, रिस्ता बस्नेत, सरोज दाहाल, मनिष दोलखाली, रविना वस्ताकोटी, तलिसा गुरुङ, आरजे सिंह लगायतका कलाकारको अभिनय रहेको छ ।
साइन्स फिक्सन वेब सिरिजको कार्यकारी निर्माता आरजे सिंह छन् । सिरिजको छायांकन, सम्पादन र भिएफएक्स जोन राईको रहनेछ । सिरिजमा विकास चौधरीको संगीत रहेको यो सिरिज जम्मा ५ एपिसोडको हुनेछ ।
यही टिमको सहकार्यमा बन्ने सिनेमा ’सुपर धने’को अर्को वर्षको कार्तिक अर्थात नोभेम्वरबाट छायांकन थाल्ने बताएको छ । सिनेमा छायांकन नेपाल र युरोपमा गरिन निर्देशक सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्