Logo

भारतीय ब्रान्ड ‘जेके’को ओटीआर टायर नेपालमा

भारतको प्रतिष्ठित टायर ब्रान्ड जेकेका अल्ट्रा लार्ज अफ द रोड (ओटीआर) टायर नेपाली बजारमा बिक्री सुृरु गरिएको छ ।
नेपाली बजारमा डेल्टा डिष्ट्रिब्युटर्सले यी टायर उपलब्ध गराएको हो । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले जेकेको ओटीआर टायर सार्वजनिक गरेका हुन् । जेके टायरद्वारा उत्पादित यी टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटीजी क्रेन, ह्विल लोडर, मोटर ग्रेडर, मोबाइल कंक्रिट मिक्सर, स्किड स्टियर लोडर र रिजिड डम्प ट्रक जस्ता हेभी सवारी साधनमा प्रयोग गर्न सकिन्छ ।
ग्राहकको माग अनुसार सबै मोडलका टायर उपलब्ध गराइने डेल्टा डिष्ट्रिब्युटर्सका म्यानेजिङ डाइरेक्टर विक्रम सिंघानियाले बताए। देशभर उपलब्ध डिलर नेटवर्कमार्फत बिक्री र बिक्री पछिको सेवा समेत उपलब्ध गराइने उनले बताए ।
अत्याधुनिक मेसिनरीका साथ सबैभन्दा स्वचालित प्रक्रिया र उन्नत प्रविधिले सुसज्जित गरी उत्पादन गरिएका जेके टायर लोकप्रिय मानिन्छन्। कम्पनीले सानो १४ किलोग्रामको फोर्कलिफ्ट टायर देखि भारतको सबैभन्दा ठूलो ४०.००–५७ साइज, करिव ३ हजार ४ सय किलोग्राम तौल र १२ फिट व्यास भएको टायर समेत उत्पादन गर्दै आएको छ, जुन ठूलो रिजिड डम्प ट्रकका लागि उपयोग गरिन्छ । उक्त अफ द रोड टायर ‘भीईएम ०४५’ सन् २०१९ को लिम्का बुक अफ रेकर्ड्समा समेत दर्ता भएको थियो ।
जेके टायरले सन् १९७७ मा राजस्थानको कान्क्रोली टायर प्लान्टमा टायर उत्पादन गर्न प्रारम्भ गरेको थियो। हाल यसका भारतमा ९ र मेक्सिकोमा ३ गरी १२ प्लान्ट छन् । जसमार्फत वार्षिक रुपमा ३ करोड ५० लाख युनिट भन्दा बढी टायर उत्पादन हुन्छन् । विश्वका १०५ देशमा १८० भन्दा बढी ग्लोबल डिष्ट्रिब्युटरमार्फत जेके टायर बिक्री–वितरण हुँदै आएको छ । जेके टायरले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका पुरस्कार समेत पाइसकेको छ। विशेष गरी मोटर स्पोर्ट्स प्रवद्र्धन गर्नमा जेके टायरले महत्वपूर्ण भूमिका खेलेको छ ।
क्याटरपिलर, बीईएमएल, जेसीबी, लीब्वाई, एजक्स फियोरी, एल एन्ड टी कन्स्ट्रक्सन, एस्कर्ट्स, एक्सन कन्स्ट्रक्सन इक्विपमेन्ट र अन्य धेरै निर्माण उपकरण निर्माताहरुको लागि जेके टायर एक विश्वसनिय आपूर्तिकर्ता पनि हो । यसै सन्दर्भमा हालै कम्पनीले कुनै पनि दुई टिपर टायर खरिद गर्दा एक थान आकर्षक इलेक्ट्रिक जग पाइने अफर समेत उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्