टिभीएसको बम्पर उपहारका विजेता घोषणा

टिभीएस मोटरसाइकल तथा स्कुटर खरिद गर्दा दसै तिहार तथा छठ लक्षित उपहार योजनाका विजेता घोषणा गरीएको छ ।
सो उपहार योजना अन्तर्गत भक्तपुरको सल्लाघारीका विनोद मानन्धरले प्रोटोन कार जित्न सफल भएका छन् । मानन्धरले टिभीएसको अपाचि मोटरसाइकल खरिद गर्दा पाएको कुपन लक्की ड्रमार्फत छनौट हुँदा विजेता बनेका हुुन् ।
यस्तै सोही योजना अन्तर्गत आठ जनाले सतप्रतिशत नगद फिर्ता पाएका छन् । त्यसैगरी दुई जनाले टिभीएस मोटरसाइल जितेको कम्पनीले जनाएको छ । हिमालयन टिभीमार्फत गरिएको लक्की ड्रको प्रत्यक्ष प्रशारणमा सो पुरस्कारको घोषणा गरीएको हो । टिभीएसको नेपालका लागि आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले देशभर १४४ भन्दा बढी डिलर तथा बिक्रेता रहेको जनाएको छ ।