Logo

एनआईबीएल समृद्धि फन्ड–१ ऋणपत्र बिक्री गरिने

नेपाल इन्भेस्टमेन्ट बैंक कोष प्रवद्र्धक र एनआईबीएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबीएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालनमा रहेको पहिलो सामूहिक लगानी योजना–एनआईबीएल समृद्धि फन्ड–१ पुस २२ गते परिपक्व भएको थियो ।
फन्ड परिपक्व भएपछि योजना खारेजीमा लैजाने क्रममा एनआईबीएल समृद्धि फन्ड–१ को स्वामित्वमा रहेको साधारण सेयरहरू÷ऋणपत्रहरू बोलकबोलको माध्यमबाट बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचनाअनुसार उक्त साधारण सेयरहरू न्यूनतम मूल्य १०० को दरले तथा ऋणपत्रहरू न्यूनतम मूल्य १००० को दरले बोलकबोलको माध्यमबाट आवेदन दिन सकिने जनाएको छ ।
साथै, सेयर खरिदका लागि योग्य रहेका इच्छुक व्यक्ति, फर्म, कम्पनी, सघं संस्थाले माघ १३ देखि २० गते सम्ममा बिक्री प्रबन्धक एनआईबीएल एस लिन चाहेको सेयरहरू÷ऋणपत्रहरू दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत्आवेदन पेस गर्न सकिने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्