जोन्टा क्लबले ग-यो महिलालाई सम्मान

जोन्टा अन्तर्राष्ट्रिय रोज दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले नेपालका विभिन्न क्षेत्रमा प्रेरणादायक र साहसी महिलाहरुको योगदान र उपलब्धीलाई सम्मान गर्न कार्यक्रम आयोजना गरेको छ । जोन्टा क्लब अफ काठमाडौंले महिलाहरुको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सुधार गर्न महिला सशक्तिकरणको काम गरिरहेको छ ।
जोन्टा क्लब अफ काठमाडौं स्थानीय तथा राष्ट्रिय स्तरका महिला हिंसा र भेदभाव सम्बन्धी विभिन्न विषयहरुमा जागरुक गर्न निरन्तर लागि रहेको छ । कार्यक्रममा अपवाद र प्रभावकारी काम गरेर समाजमा परिवर्तन ल्याउनका साथै अन्य महिलाहरुको जीवनमा प्रभाव पर्ने कार्यमा लागिपरेका विभिन्न क्षेत्रका महिलाहरुलाई सम्मानित गरिएको छ ।
उक्त अवसरमा पदमशना शाक्यलाई द प्रिन्शेस हेलेन शाह इन्स्पिरेशनल उमन अफ द इयर अवार्ड २०१९, वसन्ती प्रधानलाई अमर राना उमन इन फ्लोरिकल्चर अवार्ड २०१९, ज्योति स्कलरसिप अवार्ड २०१९ फर क्लापस्म्यान उमन इन बिजनेस स्कलरसिप अन्तर्गत श्रेया पोखरेल तथा ज्योति स्कलरसिप अवार्ड २०१९ फर योङ उमन इन पब्लिक अफेयर्समा प्रतीक्षा गुरुङलाई सम्मान गरिएको थियो ।
साथै यस वर्ष जोन्टा क्लब अफ काठमाडौंले हालसम्म महिलाहरु अपरिचित रहेको क्षेत्रमा योगदान पु-याउने ४ जना महिलालाई सम्मान गरेको छ । उनीहरुको कामप्रतिको लगनशीलता र उपलब्धीले प्रभाव पार्नुका साथै अन्य महिलाहरुलाई पनि उत्प्रेरित गरेको छ । उक्त अवार्डलाई नबिल बैंकले सपोर्ट गर्नुका साथै प्रत्येक ४ जना सम्मानित महिलालाई २५ हजार प्रदान गरेको छ । यसक्रममा मुना घिमिरे, निर्मला महर्जन, राममाया तामाङ तथा दिक्षा श्रेष्ठलाई सम्मान गरिएको थियो ।