प्रमोटर सेयर खरिदबिक्रीमा मेगा क्यापिटलको सहजीकरण

मेगा क्यापिटल मार्केटले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, विमा (इन्सुरेन्स) कम्पनी, लघुवित्त (माइक्रो फाइनान्स), जलविदुत (हाइड्रोपावर) तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक सेयरहरु खरिद(बिक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको छ ।
यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी मेगा क्यापिटल मार्केटमा सम्पर्क गर्न सकिने क्यापिटलले जनाएको छ ।
कम्पनीका अनुसार धेरै लगानीकर्ताले प्रमोटर सेयर (संस्थापक सेयर) साधारण सेयरजस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थता र असहजताले सेयर सम्पत्ति बन्धक भएका र आवश्यकता अनुसार बिक्री गरेर आर्थिक आवश्यकता पूरा गर्न नसकेका बिक्रेता र लगानीको अवसर खोजिरहेका अन्य लगानीकर्ताहरुबीच किनबेच र सेयर हस्तान्तरणमा सहजीकरण सेवाको आवश्यकतालाई मनन गर्दै सेयर बजारमा यो नयाँ सेवाको सुरुवात गरिएको छ ।