Logo

राष्ट्र उत्थान लघुवित्तको मुनाफा वृद्धि

भर्खरै आईपीओ जारी गर्ने स्वीकृत पाएको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८-०७९ को दोस्रो त्रैमासमा मुनाफमा १४८ प्रतिशत, रिजर्भमा ७९ प्रतिशत, कर्जा लगानीमा ६४ प्रतिशत, खुद व्याज आम्दानीमा ५७ प्रतिशत लगायत अधिकांस सूचकमा प्रगति हासिल गरेको छ ।
यस्तै कम्पनीले खराब कर्जा करिब ५९ प्रतिशतले घटाएर १.०३ प्रतिशतमा सीमित राखेको बताइएको छ । संस्थाले हालसम्मको संचित मुनाफा र चालु आवको बाँकी ६ महिनामा आर्जन गर्ने मुनाफाबाट आगामी वर्ष सेयरधनीलाई करिब ५० प्रतिशत भन्दा बढी लाभांस बाँड्न सक्ने कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्