Logo

महालक्ष्मी र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

महालक्ष्मी विकास बैंकले ग्राहकलाई रेमिटान्स सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले भाटभटेनी मनी ट्रान्सफरसँग सम्झौता गरेको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनीमनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत राजनकुमार अमात्यले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै ग्राहकले विश्वका विभिन्न स्थानबाट नेपालभित्र बैंकिङ च्यानलमार्फत आएको रकम तथा नेपालभित्रका विभिन्न स्थानमा रकमान्तरका लागि देशैभर रहेका महालक्ष्मी विकास बैंकका शाखामार्फत सेवा प्राप्त गर्न सक्ने बताइएको छ ।
अब महालक्ष्मी विकास बैंकका ग्राहकले संसारको कुनै पनि स्थानबाट भाटभटेनीमनी ट्रान्सफरमार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैकले हालसम्म २८ वटा रेमिट कम्पनीसँग सम्झौता गरी ग्राहकलाई छिटो, छरितो, भरपर्दो रेमिटान्स सुविधा प्रदान गर्दै आएको दावी गरेको छ ।
यसका साथै रेमिटेन्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषतासहितको मुद्दति योजना पनि सञ्चालनमा ल्याएको छ । हाल यस योजनाअन्तर्गत ११.३५ प्रतिशत वार्षिक व्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्