विराटनगर एयरपोर्टका ट्याक्सीमा मेगा बैंकको क्यूआर कोडबाट भुक्तानी

मेगा बैंक नेपालले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ ।
नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रवद्र्धन केन्द्रसँग आबद्ध ट्याक्सीका चालकलाई बिहीबार कार्यक्रममा क्यूआर कोड हस्तान्तरण गरी यो सेवाको शुभारम्भ गरिन् । यो सुविधाबाट एयरपोर्टमा आवतजावत गर्ने यात्रुहरूलाई नगदै भाडा तिर्नुपर्ने झन्झटबाट राहत मिल्ने मेगा बैंकले जनाएको छ ।
एयरपोर्ट ट्याक्सी प्रवर्द्धन केन्द्र प्रालिसँग समन्वय गरेर विरानटगर एयरपोर्टलाई डिजिटाइज गर्ने तथा यात्रुलाई ट्याक्सीमा यात्रा गर्दा डिजिटल पेमेन्टमा सहजता पु¥याउने उद्देश्यले ट्याक्सीमा क्यूआर कोड वितरण गरिएको मेगा बैंक विराटनगर देवकोटा चोकस्थित शाखाका प्रबन्धक विनोदराज थापाले जनाएका छन् ।