Logo

केएल दुगड समूहका श्याम सुन्दर कनोडिया सम्मानित

विराटनगर भन्सार कार्यालयले ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा केएल दुगड समूहका श्याम सुन्दर कनोडियालाई सम्मान गरेको छ ।
केएल दुगड समूहका कनोडियालाई व्यापार सहजीकरण एवं राजस्व संकलन कार्यमा पु¥याएको योगदानको उच्व कदर गर्दै सम्मान गरिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयले कनोडियालाई यही माघ १२ गते अन्तर्राष्ट्रिय भन्सार दिवसको दिनमा सम्मान गर्दै प्रशंसापत्र प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्