Logo

जावा मोटरसाइकलको नयाँ मोडल नेपाली बजारमा

जावा मोटरसाइकलको बीएस–सिक्स मोडलको वितरण र डेलिभरी सुरु भएको छ ।
नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिअन्तर्गत जावा मोटरसाइकलले देशभर आफ्नो डिलरसिप नेटवर्क मार्फत बिक्री सुरु भएको हो ।
जावा मोटरसाइकल प्रेमीहरूले अब बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ्ग, बाग्लुङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट यी दुवै मोडलका जावा बाईकहरु बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।
जावा र जावा ४२ दुवैमा २९३ सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर डीओएचसी इन्जिनको प्रयोग गरिएको छ ।
दुवै बाइकमा अब क्रस पोर्ट टेक्नोलोजी पनि समावेश गरिएको छ, जसले इन्जिनको भोल्युमेट्रिक दक्षतालाई उत्कृष्ट चार्ज र निकास ग्याँस प्रवाहको लागि सहज बनाउनुका साथै कार्यक्षमता वृद्धि गर्ने र टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ ।
बिएस–फोर कन्फिगरेसन बराबरको पावर र टर्क उत्पादन गर्ने क्रस पोर्ट व्यवस्था भएको यो विश्वको पहिलो सिंगल सिलिन्डर इन्जिन भएकाले यसले ग्राहकहरूलाई त्यस्तै उत्कृष्ट राईडको अनुभव प्रदान गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्