स्मार्ट टेलिकमको स्मार्ट सेन्टर पुतलीसडकमा

ग्राहकहरुलाई उत्कृष्ट सेवाप्रदानगर्ने उद्देश्य सहितहालै फोर जी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्नाग्राहकहरुलाई सेवाउपलब्ध गराउन काठमाडौंकोपुतली सडकमा आधिकारिक स्मार्ट सेन्टरको प्रारम्भ गरेको जनाएको छ । सोमबार प्रारम्भ गरिएको स्मार्ट सेन्टरबाट उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध हुने तथा स्मार्टका उत्पादन तथा सेवाहरुको जानकारी सहजै प्राप्त हुने स्मार्ट टेलिकमले उल्लेख गरेको छ । सेन्टरबाट ग्राहकहरुका सम्पूर्ण आवश्यकता एवं जिज्ञाशाहरुलाई सहज एवं सुलभ तरिकाबाट समाधान गरिने छ । कम्पनीले प्रदान गर्ने नयाँनयाँ सेवा तथा उत्पादनहरुको जानकारी ग्राहकहरुले यहाँबाट सहजै प्राप्तगर्न सक्ने जनाएको छ । स्मार्ट सेलको नयाँ सेन्टरको समुद्घाटन कम्पनीका अध्यक्ष सर्वेस जोशीले गरेका थिए । ग्राहकहरुको लागि सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य नै यस सेन्टरको रहेको कुरा उनले उद्घाटन कार्यक्रममा उल्लेख गरे । स्मार्ट सेलले आगामी दिनमा भक्तपुरमा पनि आफ्नो सेन्टर स्थापना गर्ने लक्ष्य लिएको छ ।