मैत्रीपूर्ण खेलमा मरिससविरुद्ध नेपालको जित

विमल घर्तीमगरको निर्णायक गोलसँगै नेपालले मरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १–० को जित निकालेको छ । एक दशकभन्दा बढी समयपछि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हात पारेको हो ।
शनिबार साँझ भएको खेलको ५५ औं मिनेटमा विमलले गोल गरेका हुन् । विमलले मरिससका तीन डिफेन्डरबीच प्राप्त बललाई पोस्टको दिशा दिएका थिए । उनलाई अञ्जन विष्टले पास उपलब्ध गराएका थिए । निराशाजनक पहिलो हाफमा दुवै टिमले खासै उल्लेखनीय आक्रमण बनाउन सकेनन् । अब दुई टिमबीचको दोस्रो अन्तर्राष्ट्रिय खेल मंगलबार दशरथ रंगशालामै हुनेछ ।