ज्येष्ठ नागरिकलाई घरैमा सम्मानसहित उपचार «

ज्येष्ठ नागरिकलाई घरैमा सम्मानसहित उपचार

तेह्रथुम- छथर गाउँपालिका १ तेह्रथुमका तेम्बा सेर्पा ७९ बर्ष पुगिन । उनलाई स्वास्थ्यजाँच गर्न स्वास्थ्य केन्द्रसम्म पुग्न मुस्किल छ । ढल्किदो उमेरकी सेर्पाले घरैमा उपचार पाउँदा खुसी व्यक्त गरिन् । उनले उपचार मात्र पाएनन् गाउँपालिकाले दोसल्ला ओडाएर सम्मान गर्दा गर्ब ले गदगद बनिन् । ‘सरकारले हामी जस्ता बुढाबुढीलाई सम्मान गर्दै उपचार गर्दा हामी खुसी छौं । उमेर पनीगयो स्वास्थ्यचौकी पुग्नै मुस्किल छ हाम्रो समस्यालाई बुझेकोमा सरकारलाई धन्यावाद’, उनले भनिन् ।
तेम्बा जस्तै लाक्पा क्षेत्रर सेर्पाले पनी घर टोलमै सेवालिन पाउँदा खुसी भए । ‘हामी बिरामी हुँदा स्वास्थ्य जाँच गर्न हिँडेर जान समस्या छ । स्वास्थ्य संस्थाकमै मात्रा पुग्ने गरेका छौं । स्थानीय सरकारले घर घरमै सेवादिएको छ । सेवा निरन्तरता दिँदै जाओस् । बिरामी हुँदा परिवारको सदस्यलाई भनेर स्वास्थ्य संस्था पुग्नुपर्छ तर, घरैमा उपचार पाउँदा हामी भाग्यमानी झै लाग्छ’, उनले भने ।
शारीरिक रुपमा अशक्त बन्दै गएपछि सामान्य स्वास्थ्य जाँच गर्नसमेत मुस्किल हुने गरेको छ ज्येष्ठ नागरिकहरूलाई । गाउँ र टोल नजिकै स्वास्थ्य संस्थान हुँदा वर्षौंदेखि रोगले ग्रसित जीवननिर्वाह गर्नु परेको छ । जटिल तथा सिकीस्त बिरामी नभइन्जेल सम्म स्वास्थ्य संस्थामाकमै पुग्ने गरेका ढल्किदो उमेरका ज्येष्ठ नागरिकहरू । यी र यस्तै समस्याले ग्रसित नागरिकहरूलाई सेवा दिने उद्देश्यका साथ ‘गाउँपालिकाको चाहना सु–स्वास्थ्य र दीर्घायुको कामना’भन्ने मूल नाराका साथ स्वास्थ्यकर्मी सहितको टोलीसहित जनप्रतिनिधिहरूले घर घरमा पुगेर सम्मान गर्दै स्वास्थ्य उपचार कार्यक्रम बिहीबारबाट सुरु गरेको छ ।
गाउँपालिकाले ६ वटै वडाहरूमा स्वास्थ्यकर्मीहरूसहित जनप्रतिनिधिहरूको टोलीले सम्मान गर्दै स्वास्थ्यउपचार र औषधी वितरण गर्दै आएको छ । यो गाउँपालिकाले ज्येष्ठ नागरिकहरूलाई स्थानीय सरकार गठनसँगै बिभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । एकल पुरुषभक्ता, ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रमलगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको हो । स्थानीय सरकार ज्येष्ठ नागरिकहरूको अभीभावक बन्नका लागि घरदैलो उपचार कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए ।
पालिकामा रहेका ६० वर्ष माथिका दलित ७० वर्ष माथिका अन्यलाई सेवा दिँदै आएको गाउँपालिका उपाध्यक्ष तारा खरेल ढकालले बताइन् । स्वास्थ्यजागरण अभियानअन्तर्गत गाउँपालिकाले नागरिकहरूलाई घरदैलोसम्मान तथा उपचारका साथै गाउँपालिका साथीलोरौ उपचार कार्यक्रम सञ्चालन गरेको प्रवक्ता राजन नेपालीले बताए ।
प्रत्येक वडाका घरघरमा पुगेर ज्येष्ठ नागरिकलाई सम्मान तथा स्वास्थ्य सेवा प्रदान गर्दै लोरौ उपहार दिने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ । टोलीले प्रेसर र सुगर जाँच र औषधी नागरिकहरूलाई प्रदान गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्