दैलेखमा मास्क लगाउन अटेरी गर्नेलाई कारबाही

जिल्ला प्रहरी कार्यालय दैलेखले पटक–पटक मास्क लगाउन आग्रह गर्दासमेत अटेरी गरी मास्क नलगाउने कारबाहीमा परेका छन् । दैलेख प्रहरीले यही माघ ५ गतेदेखि ‘तपाईंको मास्क खोई ?’ अभियान सुरु गरी कोरोना संक्रमणबाट वच्न मास्क लगाउन चेतावनी दिँदा पनि अटेरी गरी मास्क नलगाउने व्यक्तिहरूलाई कारबाही स्वरुप एक सय जरीवाना गरेको हो ।
जिल्ला प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघ दैलेखले मास्क खोई अभियान टोलीले वुधवार दैलेख सदरमुकाममा तपाईको मास्क खाई भन्दै अभियान पुरानो वजारदेखि काडाचौरसम्म पुगेको थियो । उक्त अभियानमा मास्क नलाएको भेटिएका व्यापारीलाई आगामी दिनमा नियमित मास्क लगाउन आग्रह गरिएको थियो । यदि पुनः मास्क नलगाएको पाइएमा संक्रमण रोग ऐन २०७५ अनुसार ६ महिना कैद तथा छ सय सम्म जरिवाना गरिने ऐनमा व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखले दैलेख सदरमुकाममा कोरोना संक्रमणबाट बच्न मास्क लगाउने सामाजिक दूरी कायम गर्ने जस्ता विभिन्न गतिविधि तथा पत्र पत्रिका रेडियोमा समेत जनचेतनामूल सन्ेदश प्रचार–प्रचार गर्दासमेत मास्क लगाउन अटेरी गर्नेलाई वाध्य भएर कारबाही गरिएको दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वर प्रसाद साहले वताए । ‘मास्क लगाउनुपर्छ भन्ने जानकारी हुँदाहुँदै पनि मास्क प्रयोग नगर्ने व्यक्तिलाई जरीवाना स्वरुप एकसय रुपैयाँ काटेका हौं’ प्रहरी प्रमुख साहले भने, ‘मास्क प्रयोग गर्नुपर्छ भन्ने सबै नागरिकलाई थाहा छ, तर जान्दाजान्दै अटेरी गर्नेहरू धेरै छन् हामि सचेत पार्दै संक्रमण रोग ऐन २०७५ अनुसार कारबाही गर्छौ ।’
यस अघिनै जिल्ला प्रहरी कार्यालय दैलेखले स्वास्थ्यका मापदण्ड अपनाई घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको प्रहरी प्रमुख डिएसपी साहले वताए । ‘अझ पनि अटेरी गरी मास्क नलगाई घरबाहिर निस्कनेलाई जरीवाना तिराउने र गल्ती दोहो¥याएमा संक्रामक रोग ऐनअनुसार थप कारबाही गर्छौं’ प्रहरी प्रमुख डीएसपी साहले भने, ‘अनिवार्य मास्कको प्रयोग गरौ, सेनीटाइजर प्रयोग गरौ स्वास्थ्यका मापदण्ड अपनाई कोरोनावाट वचौ भन्दै अभियान चलाउदा पनि अटेरी गरेको पाइयो उहाँहरूनै जरिवानामा पर्नुभयो ।’
यसभन्दा अगाडिनै मास्क प्रयोग गरौ कोरोनाबाट बचौं भन्दै अभियानमा घरदैलोमा पुगी ३ हजार थान मास्क वितरण गरी जनचेतना फैलाएको डिएसपी साहले वताए । ‘हामीले जनचेतनाको लागि मास्क दिँदै हिँडेर मास्क लगाउन आग्रहह ग-यौ’ प्रहरी प्रमुख डिएसपी साहले भने, ‘त्यती गर्दा पनि अटेरी गरी मास्क नलागाएको भेटायौं तर पनि संक्रमण ऐन अनुसार एक महिना कैद सय रुपैयाँ जरिवाना वा दुवै सजायको व्यवस्था छ, संक्रमण ऐनमा यस्तो छ भन्दै प्रचार–प्रचार पनि गरेका थियांै ।’ केही व्यक्तिले अटेरी गरी मास्क नलगाएकाले जरीवानामा परेको प्रहरी प्रमुख डीएसपी साहको भनाई छ ।
कोरोना संक्रमणबाट वच्न आम नागरीक आ–आफ्नो ठाउँमा सचतेत रही यस अभियानलाई सहयोग पु-याउन डीएसपी साहले आग्रह गरे । आगामी दिनमा पनि यस अभियानको निरन्तरता दिदै दोस्रो पटक पनि मास्क नलगाएको तथा स्वास्थ्यका मापदण्ड उल्लंघन गरेको पाइएमा कानुन अनुसार अगाडि वढिने प्रहरी प्रमुख डीएसपी साहले वताए । यहि ५ गतेदेखि बढ़ी भीड हुने क्षेत्रहरूमा माइकिङका र मास्क वितरण गरेर जनचेतना फैलाइँदै आएको थियो ।