महालक्ष्मी विकास बैंकको वृक्षारोपण

महालक्ष्मी विकास बैंकको काठमाडौं बौद्ध तीनचुले शाखाले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ अनुसार सो शाखाले वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो । बैंकले तिनचुली–आरुबारी सडक खण्डमा वृक्षारोपण गरेको जनाएको छ ।
बैंकले खाली ठाउँमा वृक्षारोपणका साथै बोटबिरुवाको संरक्षण गरेर प्राकृतिक सन्तुलन तथा शहरी सुन्दरता बढाउन सहयोग गरेको भन्दै गोकर्णेश्वर नगरपालिका–९ का वडाध्यक्ष राजिव थापाले धन्यवाद व्यक्त गरे ।
बैंकको तिनचुली शाखाका शाखा प्रबन्धक शेखर श्रेष्ठले वृक्षारोपण कार्यक्रम सफल पार्न स्थानीय निकायले सहयोग गरेको भन्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने बताए ।