साहाराका ग्राहक र राइडरलाई ग्रिनसिटी अस्पतालमा छुट

साहारा एपका ग्राहक तथा राइडरले स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन् ।
विजनेश ग्रोथ कम्पनीले सञ्चालन गरेको साहारा एपका राइडर तथा ग्राहकले बसुन्धराको ग्रिनसिटी अस्पतालमा १५ प्रतिशतसम्म उपचारमा छुट पाउने सम्झौता भएको छ । यसमा अस्पतालले प्रदान गर्ने सेवाको प्रकारअनुसार छुट पाउनेछन् । सो सम्झौतामा साहारा एपका अध्यक्ष शेखर श्रेष्ठ र ग्रिनसिटी अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले हस्ताक्षर गरेका छन् ।
साहारा एपले आफ्ना ग्राहक तथा राइडरलाई ध्यानमा राखेर स्वास्थ्य सेवामा पनि छुट व्यवस्था गरेको अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।
अस्पतालका बजार प्रबन्धक श्रीकृष्णले अस्पतालले प्रदान गर्ने सेवामा कुनै कमि हुन नदिने स्पष्ट पारे । कम्पनीकाअनुसार साहारा एपमा दर्ता भएका ग्राहक तथा राइडरले उक्त एपमा भएको आफ्नो जानकारी अस्पतालमा दिएपछि छुट पाउनेछन् ।
कम्पनीले यसअघि अजोड इन्स्योरेन्ससँग इन्स्योरेन्ससम्बन्धी सम्झौता गरेको थियो । उक्त सम्झौताअनुसार ग्राहक तथा राइडरहरूले ६ लाखसम्मको इन्स्योरेन्स सुविधा पाउनेछन् ।