Logo

नलेज माएस्ट्रो–अनलाइन लाइभ क्विजको आवेदन खुला

ग्लोकल आफ्टर स्कुलले अपेक्स कलेजको सहकार्यमा ‘नलेज माएस्ट्रो–अनलाइन लाइभ क्विज’ एक दिने अनलाइन हाजिरी जवाफ प्रतियोगता आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा १६ देखि २४ वर्षसम्मका युवाले निःशुल्क सहभागी भई प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगिता युवाहरुको बौद्धिक क्षमतालाई विकास गराउने हिसाबले तयार गरिएको कलेजले जनाएको छ ।
विगतमा नलेज माएस्ट्रोको ४ संस्करण सफलतापूर्वक आयोजना गरिएको बताइएको छ । यस प्रतियोगिता फेब्रुअरी १२ तारिखका दिन एकल राउण्डमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता २ फरक विधामा सञ्चालन हुनेछ जसअन्तर्गत आइटी तथा व्यापार एवम पर्यटन र आतिथ्य सम्बन्धी प्रश्नहरु सोधिनेछ ।
दुवै विधामा आवेदन खुलेको आयोजकले बताएको छ । दुवै विधाका प्रतियोगितामा विजेता, पहिलो रनर अप र दोस्रो रनर अपलाई क्रमशः १५, १० र ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगी १६ देखि २४ वर्ष उमेर समुहको हुनु पर्नेछ । सबै प्रतियोगीसँग २ उपकरण हुनुपर्ने बताइएको छ । सहभागीसँग नेटवर्क जडान हुनुपर्दछ र यदि क्विजमा इन्टरनेटको कारणले कुनै विच्छेद भयो भने ग्लोकल जिम्मेवार नहुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्