Logo

सन् राइज बैंकको विस्तारित काउन्टर धनकुटामा

सन् राइज बैंकले धनकुटा नगरपालिका–५ मा रहेको करदाता सेवा कार्यालयमा विस्तारित काउन्टर सेवाको सुरुवात गरेको छ । सो विस्तारित काउन्टर सेवा सञ्चालनमा आएसँगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ ।
धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले सो विस्तारित काउन्टरको उद्घाटन गरे । कार्यक्रम बैंकका प्रदेश–१ प्रमुख विवेककुमार निरौलासहित धनकुटा शाखाका शाखा प्रबन्धक दिनेश शर्मा अधिकारीलगायत कर्मचारी उपपिस्थत थिए ।

प्रतिक्रिया दिनुहोस्