Logo

एपीएफ आहा रारा गोल्डकपको फाइनलमा प्रवेश

पोखरा – लिग विजेता मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबारको भएको पहिलो सेमिफाइनलमा एपिएफले मछिन्द्र क्लव माथि ३–१ गोलको अन्तरले पराजित गर्दै आहा राराको उपाधि नजिक पुगेको हो ।
एपिएफको जीतमा सनिष श्रेष्ठ, प्रदीप लामा र क्याप्टेन नवीन लामाले समान एक एक गोलको योगदान दिए । प्रतियोगितामा एपिएफका प्रदीप लामा म्यान अफ दी म्याच घोषित हुँदै नगद ८ हजार पुरस्कार प्राप्त गर्न सफल भए । विदेशी खेलाडी ओमुलाजा नुरेन करीमले गरेको एक गोल मछिन्द्रको लागि शान्त्ना गोलमा परिणत भयो ।

खेलको २५ औ मिनेटमा एपिएफका सनिष श्रेष्ठले हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए । मन्छिन्द्रका डिफेन्डर छिरिङ गुरुङले मणि लामालाई फल गरेपछि एफिएफले फ्रिकिकको अवसर पाएसंगै लामाको फ्रिकिकमा श्रेष्ठले हेडमार्फत गोल गर्न गरेका हुन्। मछिन्द्रका ओमुलाजा नुरेन करीमले खेलको ४० औं मिनेटमा गोल गरी खेल बराबरीमा पुराए । मच्छिन्द्रले खेलको ७१ औं मिनेटमा भरपर्दा विदेशी खेलाडी करीम दोहोरो कार्ड खाँदै मैदानबाट बाहिरिए पछि १० खेलाडीमै सीमित हुन परेको थियो ।

६८ औं मिनेटमा एपिएफका प्रदीप लामाले गोल गर्दै गोलअन्तर २–१ म पु¥याए । दोस्रो हाफको इन्जुरी समयमा क्याप्टेन नवीन लामाले अर्को गोल गर्दै जीत सुनिश्चित पारे । कम व्याक गर्न सफल भएको मछिन्द्रले ४० मिनेट पछिको समय सम्हालिन नसक्दा अन्ततः एपिएफलाई जित सुम्पिनु पर्यो । गत बर्ष मछिन्द्र अफ्रिकन रुट्ससंग क्वाटरफाइनलमा पराजित भएको थियो ।

एपिएफले उद्घाटनमा आयोजक सहारा क्लब र क्वारफाइनलमा पाहुना टोली अमेरिकाको बिवाईएससी क्लब मिनेसोनाटालाई पराजित गर्दै आफ्नो अपराजिनत यात्रा जारी राखेको छ । एपिएफ २०६४ सालको छैटौं आहा रारामा फाइनलमा पुगेको थियो । पटक पटक आहा रारामा सहभागि भए पनि उपाधि चुम्न नसकेको एपिएफले आहा रारामा १४ वर्षपछि फाइनल पुग्न सफल भएको हो ।

बिहीबार दोस्रो सेमिफाइनल खेलमा विभागीय त्रिभुवन आर्मी क्लब र पोखरेलीको प्यारो टिम मनाङ मस्र्याङ्दी क्लब बीच प्रतिस्पर्धा हुने भएको आयोजक सहारा क्लवले जनाएको छ । मनाङले नेपाल पुलिस र आर्मीले थ्रिस्टारलाई हराउँदै सेमिफाइनमा यात्रा बनाएको हो । विहिबारको खेलमा विजेता टोलीले एपिएफसंग उपाधि सहित १० लाख पुरस्कारको लागि फाइनल खेलमा यही माघ १५ गते प्रतिष्प्रर्धा गर्ने भएको छ । मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले आफुहरुको हार हुनुमा रेफ्रीलाई दोष देखाए । एपिएफका प्रशिक्षक कुमार थापाले मच्छिन्द्रजस्तो टिमलाई हराउनु आफ्नो लागि ठुलो उपलब्धि भएको बताए ।

यसैबीच, आयोजक सहारा क्लब पोखराले बुधबार देखि दर्शकलाई टिकट लियर मैदान प्रबेश गराएको थियो । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर रंगशालामा एकतिहाइ दर्शक छिराउने गरी प्रतिदर्शक ३ सय टिकट व्यवस्था गरिएको क्लवले जनाएको छ । सेमि र फाइनलमा दर्शकसंग क्लवले जनही ३ सय रुपैयामा आहा राराको फुटवल खेल हेर्न रंगशालामा प्रबेश गराउने भएको छ । खोपकार्ड अनिवार्य, मास्क, सेनिटाइजर, निश्चित दुरी कायम गरी सिटमा बस्ने व्यबस्था मिलाइएको महासचिव रामजी प्रसाद अधिकारीले बताए । नेपाल सरकारको गत पुष २९ गतेको निर्णय बमोजिम सिट क्षमताको २५ प्रतिशत मात्र दर्शक प्रबेश गर्ने गरी दर्शक प्रबेशमा कुनै अवरोध नगर्ने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्