यातायात कार्यालयमा मन्त्री दाहालको अनुगमन

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन् । बिहीबार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गर्दै यातायातका काममा बिचौलियाको प्रवेश रोक्नुपर्ने बताए । उनले, “यातायात सेवालाई चुस्त दुरुस्त ढंगबाट सञ्चालन गर्नका लागि सुधारका कामहरू अघि बढाउनुपर्ने भएकाले मन्त्रालयले अब यातायात क्षेत्रको सुधारका लागि व्यावहारिक काममा मात्रै नभइ कानुनी कामलाई पनि अघि बढाएर लैजाने बताए ।”
मन्त्री दाहालले यातायात कार्यालयमा अझै पनि केही स्थानमा दक्ष जनशक्तिको अभाव भएकाले मन्त्रालयले त्यसलाई परिपूर्ति गरी अगाडि बढ्ने आश्वासन दिएका थिए । यातायात कार्यालयमा रहेको विभिन्न समयदेखिका ठूला ढड्डाहरूलाई अनलाइनमा राख्नको लागि समस्या भइरहेको भन्दै त्यसलाई क्रमशः समाधान गर्दै लैजाने बताएका छन् ।
सेवालाई कसरी चुस्त दुरुस्त गर्ने भन्न हाम्रो काम गर्ने सिस्टम ढड्डामा राख्ने सिस्टमले पनि हामीलाई कतिपय ठाउँमा असजिलो भएको बताउर्दै मन्त्री दाहलले दक्ष जनशक्ति कर्मचारीहरूको अभाव भएकाले त्यसलाई पनि हल गर्नुपर्ने भएकाले गर्दा काम भैरहेको छ । काम गर्ने शैलीहरू हिजोकै पुराना छन्, ढड्डा राख्ने पुरानै तरिकाहरू छन् हामी अहिले सबै अनलाइन सिस्टमको विकास गर्ने भनेर अघि बढिरहेको बताएका छन् ।
त्यसलाई सफ्टवेयरमा कम्प्युटरमा कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरू पनि मुख्य समस्याको रुपमा रहेको छ । त्यसबारे हामी मन्त्रालयमा छलफल गरेर चाँडै निर्णय गर्नेछौँ । अर्को समस्या भनेको जसले लाइसेन लिनुभएको छ, त्यतिबेला त्यो लाइसेनको चेकजाँच गर्ने समिति हुन्छ, त्यसले लास्टमा सही गर्ने बेलामा कतै न कतै त्रुटी गरेका छन् । त्यो कारणले गर्दा अहिले सेवाग्राहीहरू पनि समस्या भोगिरहेका छन् । एकातिर स्मार्ट लाइसेनको समस्या पनि समाधान गर्दे लानुपर्ने छ ।
कार्यालयमा बिचौलियाहरूलाई रोक्नका लागि हामीले काार्यलयलाई पनि कडा निर्देशन गरेका छौँ । सेवाग्राहीहरूले अनावश्यक पैसा खर्च नगरी काम गर्न सकिन्छ यस कार्यलाई पनि रोक्नु पर्ने चुनैती रहेको भन्र्दै मन्त्री दाहालले यातायात कार्यालयमा लाइसेन्स नवीकरणको समस्या बढीरहेकोले यसलाई पनि समाधान गरेर अघि बढ्ने बताएका छन् ।