Logo

कर्मचारीले खोले आफ्नै सुन पसल

पोखरा – कुनै समयमा अर्काको पसलमा काम गर्ने कर्मचारी केही समय सामूहिक सुन तथा चाँदी व्यवसाय समेत गरेका पोखराका एक व्यवसायीले हाल आफ्नै लगानीमा सुन पसल संचालन गरेका छन् । पोखरा ३ नदीपुरका कृष्ण प्रसाद घिमिरेले हाल पोखराको न्युरोडमा श्रीकृष्ण ज्वेलरीज सुन चाँदी दुकान सञ्चालनमा ल्याएका हुन् ।
करिब १२ वर्ष सामूहिक सुन व्यवसाय गर्दै आएका घिमिरेले यस क्षेत्रमा खोलो फर्काउन सफल व्यवसायी भएका छन् । घर गाउँमा भन्ने उकानलाई सार्थक पार्दै घिमिरेले विगत २६ वर्षदेखि सुनचाँदी व्यवसायीमा जोडिए पनि १३ वर्ष अर्कोको पसलमा सेल्समेनका रूपमा काम गरेको अनुभवसमेत छ । १२ वर्ष ५ महिनासम्म साझेदारीमा सुन पसल सञ्चालन गरे पनि अब आफ्नो ढंगले व्यवसाय सञ्चालन गर्ने उद्देश्यले हाल उक्त पसल सञ्चालन गरेको उनले प्रतिक्रिया दिए । सञ्चालक घिमिरेले आधुनिक तथा परम्परागत, गुणस्तरिय, सुपथ मूल्यमा सुन चाँदीका गर गहना तथा सामान उपलब्ध गराउने उद्देश्यले रहेको जनाए ।
लामो समय कामको अनुभव, आफ्ना साथे भाइ तथा इष्टमित्रको राम्रो सहयोग हुने विश्वासका साथ आफूहरूले पनि एकल रूपमा नयाँ ढंगले सुन तथा चाँदीको व्यवसायलाई अघि बढाएको संचालक घिमिरेले जनाए । उक्त पसल सचालन गर्दा हाल करिब १ करोड ५० लाख रुपैयाँ लगानी भएको ज्वेलरीजले जनाएको छ ।
आफूहरूले पुराना गर गहना साटफेर, खरिद बिक्री, काँचो सुन किन बेच, २१÷२२ क्यारेडको रेडिमेट सामान, चाँदीका भाँडा, पत्थर जडित लगायतका सामानहरू उपलब्ध गराउने भएको उक्त पसलका प्रबन्ध निर्देशक युवा व्यवसायी प्रदिप घिमिरेले बताए । प्रत्यक्ष रूपमा हाल ८ जना कर्मचारीले रोजगार पाएको उक्त पसलमा अप्रत्यक्ष रूपमा करिब १५ जना आबद्ध भएको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्