भक्तपुरका जनप्रतिनिधिद्वारा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेट

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग मुख्यमन्त्री कार्यालय हेटौंडामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, नेमकिपा बागमती प्रदेशका सांसदद्वय सुरेन्द्रराज गोसाइँ र सिर्जना सैंजु, भक्तपुर नपाकाउपप्रमुख रजनीजोशी सम्मिलित टोलीले बुधबार मुख्यमन्त्रीको कार्यकक्षमा भेट गरे । भेटमानगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको स्तरोन्नति र १०० शय्या क्षमताको अस्पताल सञ्चालन स्वीकृतिको लागि आग्रह गरे ।
भेटमा मुख्यमन्त्री पाण्डेले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सम्पदा पुनःनिर्माणमा गरिरहेको प्रगति र कार्यहरूबारे अवगत रहेको र नपाका गतिविधिहरू जनता लक्षित भएको बताए ।
स्थानीय तहबाट सञ्चालित ख्वप अस्पतालबाट व्यापक जनताको हित हुने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री पाण्डेले ख्वप अस्पताललाई १०० बेडको स्वीकृति प्रदान र आवश्यक सहयोग गर्न सकारात्मक रहेको र आवश्यक प्रक्रिया अगाडि बढाउन स्वास्थ्यमन्त्री लगायत सम्बन्धितलाई निर्देशनदिने बताए ।
मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशले समाजवाद उन्मुख कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै कार्य गर्ने सोचले अगाडि बढिरहेको बताउँदै बागमती प्रदेश अन्तर्गत उच्चशिक्षा समितिको विधेयक हाल विचाराधीन अवस्थामा रहेको र सो विधेयकमा सक्षम स्थानीय तहले विश्वविद्यालय सञ्चालन गर्न सकिने व्यवस्थासमेत रहेको उनले प्रष्ट पारे ।
भेटमानगर प्रमुख प्रजापतिले ख्वप अस्पताल १०० शय्या क्षमताको अस्पताल सञ्चालन गर्न अनुमतिका लागि मुख्यमन्त्री समक्ष अनुरोध गर्दै ख्वप अस्पताललाई स्थानीय तहबाट सञ्चालित देशकै नमुना अस्पतालको रुपमा सञ्चालन गरी जनतको सेवा गर्ने बताए ।
साथै उनले ख्वप विश्वविद्यालय सञ्चालन गर्न भक्तपुर नपाले आवश्यक भौतिक पूर्वाधारको पनितयारी गरिरहेको अवगत गराउँदै सक्षम स्थानीयतहलाई विश्वविद्यालय सञ्चालन गर्न अनुमति दिनुपर्ने बताए ।
भक्तपुर नपाले सर्वसाधारण जनताको आधारभूत स्वास्थ्यसम्बन्धी आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले हालख्वप अस्पतालको रुपमा सञ्चालनमा रहेको उहाँले अवगत गराए ।
टोलीले प्रदेश स्वास्थ्यमन्त्री निमालामा र स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक नरेन्द्रकुमार झासँग भेटी ख्वप अस्पताल र कोभिड रोकथाम तथा नियन्त्रणमा भएका विविध गतिविधिहरूबारे छलफल ग-यो ।
सोहीक्रममा नगर प्रमुख प्रजापतिले ख्वप अस्पतालको प्रारम्भिक वातावरणीय परीक्षणका लागितयार पारिएको प्रतिवेदन र स्वमूल्यांकन प्रतिवेदन लगायत अस्पतालका थप शय्या स्वीकृतिका लागि आवश्यक कागजातहरू पनि हस्तान्तरण गरेका थिए ।