धौलागिरि लघुवित्तको सेयर बिक्री प्रवन्धकमा सन् राइज क्यापिटल

बागलुङमा रहेको धौलागिरि लघुवित्त वित्तीय संस्थाले सेयर बिक्री प्रवन्धकमा सन् राइज क्यापिटललाई नियुक्त गरेको छ । लघुवित्तले तीन लाख कित्ता साधारण सेयर सेयर निष्काशन गर्नको लागि सन् राइज क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको हो ।
सो कार्यका लागि लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहरा तथा सन् राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
धौलागिरि लघुवित्त वित्तीय संस्था राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । सो संस्थाले नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयमार्फत ३४ हजार ४३८ सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । कम्पनीले पुस मसान्तसम्ममा कर्जा लगानीतर्फ एक अर्ब ४४ करोड, निक्षेप संकलनतर्फ ६२ करोड १४ लाख रहेकोमा अन्तर बैंक सापटी ६१ करोड ८० लाख रुपैयाँ रहेको जनाएको छ ।
हाल ७ करोड चुक्ता पुँजी रहेको संस्थाले सार्वजनिक सेयर निष्काशन भए पश्चात् १० करोड चुक्ता पुँजी कायम रहने जनाएको छ । हाल जगेडा कोषतर्फ कुल १० करोड ३८ लाख रहेको छ । आर्थिक वर्ष २०७७-०७८ को असार मसान्तसम्ममा वित्तीय संस्थाको वितरण योग्य मुनाफा २ करोड ६० लाख रहेकोमा पुस मसान्तसम्ममा ४ करोड ९ लाख पुगेको छ ।