Logo

ल्याटिन एबीएस कम्पनीको ब्रान्ड एम्बेसडरमा थापा

काठमाडौ कपन तेन्जिङ चोकमा रहेको दुई पाङ्ग्रे सवारीको मर्मत गर्ने कम्पनी ल्याटिन एबीएसले ब्रान्ड एम्बेसडरमा चर्चित युट्युब भ्लगर राजकुमार थापा मगरलाई नियुक्त गरेको छ ।
राजधानीमा आयोजित कार्यवक्रममा कम्पनीका संस्थापक तथा प्रबन्धक विकल्प चौलागाई र राजकुमार थापाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
थापाले अब कम्पनीको प्रचारप्रसारमा सहयोग गर्नेछन् । थापाले भने, “म कम्पनीको राम्रो नियम र विश्वसनीयताका कारण ब्रान्ड एम्बेसरको रुपमा आबद्ध भएको छु ।”

प्रतिक्रिया दिनुहोस्