भिभोको भी२३ई स्मार्टफोन नेपालमा बिक्री सुरू «

भिभोको भी२३ई स्मार्टफोन नेपालमा बिक्री सुरू

भिभोले आफ्नो भी सिरिजको पछिल्लो संस्करण भी२३ई नेपाली बजारमा बिक्री सुरु गरेको छ ।
भिभोले उक्त स्मार्टफोन प्रि–बूकिङका लागि उपलब्ध गराइएको ४८ घण्टाभित्र १ सयभन्दा बढी सेटहरु प्रि–बूक गरिएको बताएको छ । भिभो भी२३ई एआई एक्स्ट्रिम नाइट पोट्रेट तथा मल्टि–स्टाइल पोट्रेटसहितका थुप्रै पोट्रेट मोडयुक्त ५० मेगापिक्सेल अटोफोकस पोट्रेट सेल्फी फ्रन्ट क्यामरा फिचर भएको स्टेलर इनोभेशन सहित आएको छ ।
सबैखाले अवस्थामा स्पष्ट सेल्फी लिनका लागि एआई एक्स्ट्रिम नाइट पोट्रेट तथा मल्टि–स्टाइल पोट्रेट मोड रहेको ५० मेगापिक्सेलको अटोफोकस पोट्रेट सेल्फी फ्रन्ट क्यामरायुक्त नयाँ भी२३ई सेल्फीका पारखीहरुका लागि वरदान सावित भएको कम्पनीको दाबी छ ।
यसले डबल एक्सपोजर मोड, अपग्रेड गरिएको डुअल–भ्यू भिडिओ तथा स्टेडिफेस सेल्फी भिडिओका माध्यमबाट फोटो तथा भिडिओ खिच्ने अनुभव (सूटिङ एक्सपिरियन्स) मा अझ सुधार ल्याउँछ ।
मूनलाइट स्याडो तथा सनसाइन कोस्ट गरी दुई रंग संयोजनमा उपलब्ध भी२३ई नेपालमा गत जनवरी १८ मा सार्वजनिक भएको थियो । यो डिभाइस ४४ हजार ९९९ (८ जीबी ¥याम) १२८ जीबी स्टोरेज) तथा ४९ हजार ९९९ (८ जीबी ¥याम-२५६ जीबी स्टोरेज) मा खरिदका लागि उपलब्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्