राष्ट्रिय वाणिज्य बैंकको स्मार्ट क्यूआर टेलर सेवा

राष्ट्रिय वाणिज्य बैंकले स्मार्ट क्यूआर टेलर सेवा सुरु गरेको छ ।
५७औं वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना ग्राहकलाई सर्वसुलभ रुपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले क्यूआर टेलर सेवाको शुुभारम्भ गरेको हो ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सेवाको शुभारम्भ गरेका हुन् । बैंकले मोवाइल बैंकिङ सुविधा लिइएका ग्राहकले आफ्नो मोबाइलबाट बैंक काउण्टरमा उपलब्ध क्यूआर स्क्यान गरी दुई लाख रुपैयाँसम्मको नगद भुक्तानी लिन सक्ने गरी सबै शाखा कार्यालयहरुको काउण्टरमा स्मार्ट क्यूआर टेलर सेवा लागू गरेको छ ।
अब सीमित कारोबरको लागि बैंकमा चेक बोकेर गइरहनु नपर्ने बैंकले जनाएको छ । बैंकले इन्टरनेट नभएको स्थानमा पनि मोवाइल बैंकिङको कार्य गर्न सक्ने गरी अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा सेवाको पनि सुरुवात गरेको छ ।
हाल देशभर बैंकको २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् ।