हात्ती मेरो साथी टिकटक प्रतियोगिताको विजेता घोषणा
हात्ती ८ स्ट्रंग बियरले ‘हात्ती मेरो साथी’ टिकटक प्रतियोगिताका विजेता घोषणा गरेको छ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको परिसरमा एक कार्यक्रम आयोजना गरेर विजेता घोषणा गरिएको हो ।
उक्त च्यालेन्जमा भाग लिन सहभागीले टिकटकमा उपलब्ध ‘हात्ती मेरो साथी’ को गीतमा नाचेर १५ असोजदेखि १५ मंसिरसम्म टिकटक भिडिओ अपलोड गरेका थिए ।
सर्वाधिक लाइक प्राप्त गरेकी जानकीकुमारी बरालले प्रतियोगितामा पहिलो स्थान हात पार्दै नगद एक लाख रुपैयाँ प्राप्त गरेकी छिन् । त्यस्तै, चन्द्रकुमारी फुयाँल (हजुरआमा) प्रतियोगितामा दोस्रो भएकी छन् । उनले २५ हजार जितेकी छन् भने टिकटक प्रयोगकर्ता सुरुची श्रेष्ठले तेस्रो स्थान हात पार्दै १० हजार रुपैयाँ जितेकी छन् ।
नगद उपहारसँगै तीनै विजेताले दुई जनाको लागि दुई रात–तीन दिनको सौराहा भ्रमणको प्याकेज पाएका छन् । यस प्रतियोगितामा नेपालका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका टिकटक प्रयोगकर्ताले बनाएको टिकटक भिडियोहरु ३० लाखभन्दा बढी पटक हेरिएको कम्पनीले जनाएको छ । हात्ती ८ बियर जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गत सञ्चालित राज ब्रुअरी प्रालिद्वारा उत्पादित स्वदेशी प्रिमियम स्ट्रंग बियर हो ।